कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।
उनले जनसेवालाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए । उनले सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक प्वाइन्ट खडा गरिएको आफूले पाएको उल्लेख गर्दै यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन पुनर्विचार गर्न सुरक्षा निकायलाई आग्रह गरे ।
प्रचलित कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउनु नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा