काठमाडौँ । मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ । एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
२३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।मंगलबार १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से