एजेन्सी । भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल बराबरीमा सकिएको छ ।
आर प्रेमदासा रंगशालामा पहिले ब्याटिङ गरेको श्रीलंकाले आठ विकेट गुमाएर २३० रन बनाएको थियो । तर, १३ बल बाँकी रहँदा पनि भारतीय टोलीले यो स्कोर पार गर्न सकेन ।
श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात राम्रो रह्यो । भारतको पहिलो विकेट १२ औं ओभरमा शुभमन गिलको रुपमा खसेको थियो, जब टोलीको स्कोर ७५ रन थियो ।
तर यसपछि रोहित शर्मा र वासिङ्टन सुन्दर चाँडै आउट भए । विराट कोहलीले इनिङ्सलाई नियन्त्रण गर्ने प्रयास गरे तर हसरंगाको बलमा २४ रन बनाएर एलबीडब्ल्यू आउट भए ।
यसपछि श्रेयस अय्यर, केएल राहुल, अक्षर पटेल, कुलदीप यादव र शिवम दुबेले क्रमशः रन बनाएर टोलीलाई जितको उचाइमा पुर्याए । अन्ततः अर्शदीप सिंह आए तर उनले रन जोड्न सकेनन् र आउट भए । योसँगै भारतीय इनिङ्सको अन्त्य भयो ।
श्रीलंकाका लागि डुनिट भेलालागेले अविजित ६७ रन बनाए । पटुम निसान्काले ५६ रनको योगदान दिए । यसबाहेक श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले २४ रनभन्दा बढी रन बनाउन सकेनन् ।
भारतका लागि अर्शदीप सिंह र अक्षर पटेलले २–२ विकेट लिए । मोहम्मद सिराज, शिवम दुबे, कुलदीप यादव र वासिङ्टन सुन्दरले एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ साउन २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा