एजेन्सी । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बङ्गलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् ।
आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका
देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको बीबीसीले जनाएको छ ।
आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।
गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ साउन २०८१, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन