काठमाडौँ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले १२ वर्षको मेहनत खेर जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाँउ ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०८३, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा