काठमाडौँ । नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् ।
बारले आज दिउँसो १ बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो ।
सरकारले ल्याएको अध्यादेश र संवैधानिक परिषदको निर्णयविरुद्ध परेका रिटहरु दर्ता गर्न नमानेको र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेश उल्लंघन गरेको भन्दै बारले सर्वोच्च प्रशासनविरुद्ध आन्दोलन सुरु गरेको हो ।
नेपाल बार एसोसिएसनको हिजोको बैठकले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने निर्णय गरेको थियो ।
बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानुन व्यवसायीलाई आह्वान समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान