काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकभन्दा बढीले घटेको छ । साताको ५ कारोबार दिनमध्ये ३ दिन घटेको थियो । यस्तै २ दिन परिसूचक बढ्यो । यससँगै नेप्से परिसूचक २०५१ अंकमा आइपुगेको छ ।
यो साता नेप्से परिसूचक २०६८ बाट सुरु भएको थियो । साताका पाँच कारोबार दिनमध्ये आइतबार ५.३७ अंक, बुधबार ११.६० अंक र बिहीबार ८.२४ अंकले परिसूचक घट्यो । यस्तै सोमबार ३.२१ अंक र मंगलबार ५.६० अंकले परिसूचक बढेको थियो ।
यो साता नेप्सेमा २१ अर्ब २० करोड रुपैयाँ हाराहारीको कारोबार समेत भएको छ । आइतबार ४ अर्ब ३२ करोडको कारोबार हुँदा सोमबार ५ अर्ब २ करोडको कारोबार भएको थियो । यस्तै मंगलबार ४ अर्ब १७ करोड, बुधवार ४ अर्ब २ करोड र बिहीबार ३ अर्ब ६३ करोडको कारोबार भएको थियो ।
४ दिन कारोबार भएको नेप्सेमा गत साता साढे १६ अर्ब रुपैयाँ हाराहारीको कारोबार भएको थियो । यस्तै यो साता नेप्सेको कूल बजार पुँजीकरण समेत घटेको छ । गत साता ३२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण यो साता ३२ खर्ब ५३ अर्ब रुपैयाँ कायम रह्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार
घट्यो सेयर बजार