वीरगञ्ज । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । पर्सा प्रहरीले पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१/२१ किलोग्राम तौल भएको दुई वटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक भारतीले जङ्गली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए ।
“अधियुक्तले ठोरी गाउँपालिका–४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१/२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्री वितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्”, उनले भने ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ
काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ
सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा दुईजना पक्राउ