काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।
शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
आगामी आर्थिक वर्षको २०८१/८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्माणार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्माणार्थ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको लेखकले बताए ।
संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताए । बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
कांग्रेसको पार्टी कमिटिलाई अर्काे परिपत्र : स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा बहाल जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु