काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।
शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
आगामी आर्थिक वर्षको २०८१/८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्माणार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्माणार्थ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको लेखकले बताए ।
संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताए । बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता