काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
गृहमन्त्री अर्यालले बालुवाटारस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा पुगेर उनीसँग भेट गरी अवस्था बिस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराए ।
पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनमा सबै दललाई सहभागी गराउन आग्रह गर्दै निर्वाचन समयमा भएमा राष्ट्रलाई राम्रो हुने बताए । उनले अहिलेको अवस्थाको सुरक्षित अवतरण गर्नुपर्ने र परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिए ।
यसअघि, आजै गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौँको चपलीस्थित पूर्वराष्ट्रपति भण्डारीको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो