काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
गृहमन्त्री अर्यालले बालुवाटारस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा पुगेर उनीसँग भेट गरी अवस्था बिस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराए ।
पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनमा सबै दललाई सहभागी गराउन आग्रह गर्दै निर्वाचन समयमा भएमा राष्ट्रलाई राम्रो हुने बताए । उनले अहिलेको अवस्थाको सुरक्षित अवतरण गर्नुपर्ने र परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिए ।
यसअघि, आजै गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौँको चपलीस्थित पूर्वराष्ट्रपति भण्डारीको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव