काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन बोलाउने या नियमित भन्ने विवादमा रुमल्लिरहेका बेला सस्थापन पक्षमा रहेका नेताहरुले टिम बदल्न थालेका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरवहादुर देउवाको टिमबाट चुनाव जितेका र जनेजी विद्रोह (भदौं २३ र २४) अगाडीसम्म देउवालाई दरिलो साथ दिईरहेका केही नेताहरुले अहिले सस्थापनसँगको दुरी बढाउँदै लगेका छन् ।
उनीहरुले विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव सहित हस्ताक्षर अभियान चलाएका महामन्त्री गगन थापासँगको निकटता बढाउन थालेका छन् । यसलाई कतिपय कांग्रेस नेताहरुले अब सभापति देउवाको शक्ति क्षीर्ण बन्दै गएको र गगन शक्तिशाली बन्ने देखेपछि सस्थापनका केही नेताहरुले गगनको पक्षमा आफुलाई उभ्याउन थालेका छन् ।
यसरी देउवाको साथ छोडेर गगनको पक्षमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू तारामान गुरुङ, आङगेलु शेर्पा, अब्दुल सतार, उदयशमशेर राणा, मदन अमात्यसहितका नेताहरु खुल्न थालेका छन् ।
विशेष महाधिवेशन बोलाउने या नियमित, त्यस्तो महाधिवेशन चुनाव अघि गर्ने वा पछि भन्ने गोलचक्करमा कांग्रेस फसिरहेको र अनिर्णयको बन्दी बनिरहेका बेला छिटो महाधिवेशन गर्नुपर्ने र ताजा अनुहार लिएर चुनावमा कांग्रेस जानुपर्ने पक्षमा देउवाकै टिममा रहेका नेताहरुले मत राख्न थालेपछि सस्थापनका कतिपय नेताहरु अप्ठ्यारोमा परेका छन् ।
देउवाको टिमबाट जितेका र मुश्लिम समुदायमा पिल्लर बनेर रहेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले त अझ आगामी चुनावमा कांग्रेसले महामन्त्री गगन थापालाई पार्टीको अबको प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेर चुनावी तयारी गर्नुपर्ने सम्मको प्रस्ताव कांग्रेस बैठकमा राखका छन् । ‘देशैभरका जनताबाट हाम्रो महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको छु ।
उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनुभएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पनि उहाँकै कारण जुटेको हो,’ सहमहामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेस बैठकमा सम्वोधनका क्रममा भनेका थिए, ‘यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाऔँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौं ।’
यसले पनि देखाउँछ उनी अब सस्थापन भनेर देउवा पक्षका नेताहरुसँग सँगै टासिएर बस्न चाहदैनन । उनी अब गगनसँग निकटता बढाउन चाहिरहेका छन् । ‘हामीले वर्षौंसम्म सत्तामा बसेर गरेको काम जनताले नरुचाए पछि पछिल्लो आन्दोलन भएको हो । यसैले अहिलेकै नेतृत्व लिएर चुनावमा जान सकिँदैन, जानु पनि हुन्न,’ मन्सुरको मत छ ।
कांग्रेसमा एउटा पक्षले वैशाखमा महाधिवेशनको प्रस्ताव गरेको र अर्काे पक्षले अर्काे प्रस्ताव गर्नु भनेकै महाधिवशेन गर्न प्रस्ताव नल्याएको उनको तर्क छ । ‘यो महाधिवेशन गर्न ल्याइएको प्रस्ताव होइन । अर्को महामन्त्रीको प्रस्ताव छ । यसैले यतिखेर विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ । अनि मात्रै चुनावमा जानुपर्छ ।’ मन्सुरले भनेका छन् ।
केन्द्रीय सदस्य तारामान गुरुङले पनि सस्थापन छोडेर गगनको साथ लिएका छन् । ‘म शेरबहादुर देउवाको टिमबाट जितेको हुँ । कृष्ण सिटौलाको कार्यकर्ता हुँ । तर अहिलेको परिस्थितिलाई मूल्यांकन गर्दा गगनलाई पार्टी सभापति, प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय गर्नुपर्छ । यो समयको चेत र माग हो,’ तारामानले भनेका छन् । उनले पनि गगनको पक्षमा आफुलाई उभ्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने