काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्दैछ ।
असोज २८ गतेदेखि सुरु भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ ।
सोहीअनुसार बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बिहीबारको बैठक बिहान ११ः३० बजे पार्टी कार्यालयमै बस्नेछ। बैठकमा आगामी राजनीतिक परिस्थिति, पार्टी महाधिवेशन, र आसन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विषयमा छलफल जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप