काठमाडौँ । नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै छ ।
विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार भेला आह्वान गरेका हुन् ।
भेला आयोजकमध्येका एक नेताका अनुसार बुधबार बिहान साढे ११ बजे अनुपम फुडल्यान्डमा भेला आह्वान गरिएको छ ।
काँग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ ।
विशेष महाधिवेशनबारे काँग्रेस विधानमा के छ व्यवस्था ?
काँग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६/१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।
त्यसको काउन्टरमा संस्थापन पक्षका नेताहरूको धोबिघाट भेलाले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार मंगलबारको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी २७(३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।
पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि काँग्रेसले केही निर्णय गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक