काठमाडौँ । गत शुक्रबार स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आज दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि शुक्रबार बैठक स्थगित गरिएको थियो । पार्टीभित्र डा शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले त्यो समयभित्र महाधिवेशन गर्नुपर्ने धारणा डा कोइरालाको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप