जाँचबुझ आयोग अपडेट : आईजीपीसँग स्पष्टीकरण, रविसँग करिब साढे सात घण्टा बयान

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, २१ : ०६
जाँचबुझ आयोग अपडेट : आईजीपीसँग स्पष्टीकरण, रविसँग  करिब साढे सात घण्टा बयान

File photo

काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिएको छ।

बुधबार दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालय लगिएका लामिछानेसँग आयोगले करिब साढे सात घण्टा बयान लिएको हो। बयानपछि उनलाई नख्खु कारागार नै पठाइएको छ । 

आयोगका अनुसार लामिछानेलाई २४ गते नख्खु कारागारबाट निस्कने परिस्थितिबारे स्पष्ट पार्नका लागि बोलाइएको थियो। सो क्रममा आन्दोलनका गतिविधि, संलग्नता र कारागारभित्रका सम्पर्कसम्बन्धी विषयमा पनि प्रश्न सोधिएको बताइएको छ।

यसअघि आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग पनि सोही विषयमा बयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस