काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।
नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा उनीहरू भेला भएका हुन् । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदै छौँ’, केन्द्रीय सदस्य गुरु बरालले भने ।
नेता बरालले भेलाबाट १५औँ महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।
काँग्रेस केन्द्रीय सदस्य नैनसिंह १५औँ महाधिवेशनमा कुन तरिकाले जाने, निकास के होला भनेर छलफल गर्न लागिएको बताए ।
संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने