रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मुद्दामा फायल झिकाउन आदेश भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।
तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ नम्बर इजलासमा ३ नम्बरमा चढेको पेसीमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरु मगाउने आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोग अपडेट : आईजीपीसँग स्पष्टीकरण, रविसँग करिब साढे सात घण्टा बयान
रविलाई भेट्न सिंहदरबार पुगिन् पत्नी निकिता
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
रवि भेट्न पुगे प्रचण्ड
रविको पक्षमा बाबुरामले गरे हस्ताक्षर
रवि पक्राउपछि रास्वपाले के–के निर्णय गर्यो ?