काठमाडौ । नेपालमा काम अनुसारको दाम पाउन नसक्दा नर्स विदेश पलायन हुन बाध्य छन् ।
प्रमाणपत्र तह अध्ययनका लागि सात लाख रुपियाँभन्दा बढी खर्च हुने र स्नातक तहको अध्ययनका लागि १५ लाखभन्दा बढी खर्च हुने गरेकोमा सरकार तथा निजी अस्पतालले अत्यन्त न्यून पारिश्रमिकमा काममा लगाएपछि नर्स धमाधम विदेश पलायन भइरहेका छन् ।
सरकारी अस्पतालमा नर्सको न्यूनतम तलब ३४ हजार ७३० रहेको छ । उक्त तलबदेखि असन्तुष्टि प्रकट गर्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर्स पलायन भइरहेका छन् ।
अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप मात्र होइन, पछिल्लो समय कुबेत, साउदी, दुबईलगायतका देशमा पनि पलायन हुने क्रम बढेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
नर्स नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक