काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधव नेपालले नेतृत्व छाडे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा आज बिहान ‘प्रचण्ड’ निवासमा भएको भेटको प्रसङ्ग कोट्याउँदै शीर्ष नेताहरू रहेसम्म कम्युनिस्ट पार्टी पुनर्गठन सम्भव नभएको बताए ।
उनले भने, ‘आज पनि प्रचण्डले माधव नेपालसहित बोलाउनुभएको थियो, हाम्रो बटमलाइन भनेको तपाईँ नेताहरूले बाटो छाड्नुस्, त्यसपछि छलफल गरेर, सबै कमीकमजोरीको मूल्यांकन गर्छौँ। नेता बसुन्जेल त कुनै मूल्यांकन नै हुँदैन । जस्तोसुकै अपराध गरे पनि बहुमतले निर्णय गर्छ । तपाईँहरूका कारणले कम्युनिस्ट आन्दोलन पुनर्गठनको प्रक्रिया रोकियो। छाड्नुस्, हामी एकीकृत हुन्छौँ ।’
एमालेमा पनि केपी ओलीले नेतृत्व छाडे एक हप्तामा छलफल गरेर एक ठाउँमा उभिने वातावरण बन्न सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल