काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधव नेपालले नेतृत्व छाडे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा आज बिहान ‘प्रचण्ड’ निवासमा भएको भेटको प्रसङ्ग कोट्याउँदै शीर्ष नेताहरू रहेसम्म कम्युनिस्ट पार्टी पुनर्गठन सम्भव नभएको बताए ।
उनले भने, ‘आज पनि प्रचण्डले माधव नेपालसहित बोलाउनुभएको थियो, हाम्रो बटमलाइन भनेको तपाईँ नेताहरूले बाटो छाड्नुस्, त्यसपछि छलफल गरेर, सबै कमीकमजोरीको मूल्यांकन गर्छौँ। नेता बसुन्जेल त कुनै मूल्यांकन नै हुँदैन । जस्तोसुकै अपराध गरे पनि बहुमतले निर्णय गर्छ । तपाईँहरूका कारणले कम्युनिस्ट आन्दोलन पुनर्गठनको प्रक्रिया रोकियो। छाड्नुस्, हामी एकीकृत हुन्छौँ ।’
एमालेमा पनि केपी ओलीले नेतृत्व छाडे एक हप्तामा छलफल गरेर एक ठाउँमा उभिने वातावरण बन्न सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल