काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।
बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो-भयो अब । कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,’ ‘प्रचण्ड’ले भने ।
देशभरि एकता घोषणा सभा र अभियान लिएर जाने उनले बताए ।
‘चुनावी परिचालनको अपिल गर्दै जानेछौँ । देश एक चोटी फेरि हाम्रो आत्मसमीक्षा, आत्मआलोचना, प्रतिबद्धता, संकल्पलाई जनताले साथ दिने विश्वास हामीले लिएका छौँ । तर यसो भनिरहँदा हामी अहंकारमा जान भने हुँदैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड