काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।
बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो-भयो अब । कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,’ ‘प्रचण्ड’ले भने ।
देशभरि एकता घोषणा सभा र अभियान लिएर जाने उनले बताए ।
‘चुनावी परिचालनको अपिल गर्दै जानेछौँ । देश एक चोटी फेरि हाम्रो आत्मसमीक्षा, आत्मआलोचना, प्रतिबद्धता, संकल्पलाई जनताले साथ दिने विश्वास हामीले लिएका छौँ । तर यसो भनिरहँदा हामी अहंकारमा जान भने हुँदैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’