झापा। लागुऔषध ब्राउन सुगरसहित झापाबाट २ जना पक्राउ पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको किसनगन्ज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमल छन् ।उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
बिहीबार साँझ झापा गाउँपालिका- १ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।उनीहरूको साथबाट १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ