झापा। लागुऔषध ब्राउन सुगरसहित झापाबाट २ जना पक्राउ पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको किसनगन्ज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमल छन् ।उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
बिहीबार साँझ झापा गाउँपालिका- १ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।उनीहरूको साथबाट १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ