काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिए ।
गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका प्रधान २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी नागरिक समाजको आन्दोलन र विभिन्न अभियानमा सक्रिय थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, हेर्नुहोस् कसलाई के ?
प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थल रहने
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने
निर्वाचन आयोगमा ३३ वटा दलले बुझाए गत आर्थिक वर्षको आय-व्यय विवरण