चितवन । चितवन आएका गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए ।
उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए । गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताए ।
गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेशियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले हालसम्म कुनै औपचारिक जबाफ दिएको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असार २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल