गुल्मी । गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् ।
इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सूर्यभान चौधरीको कमान्ड प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला