कैलाली । धनगढीको जङ्गलमा एक जना मृत अवस्थामा फेला परेका छन् । डडेलधुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्दराज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्।
धनगढी–उपमहानगरपालिका–१३ राजपुर स्थित मार्केटिङ्को काम गर्ने जोशी माघ १९ गते बेपत्ता भएका थिए ।
उनका आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार अपराह्न ४ बजेर ४५ मिनेटमा कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको देवरिया वनस्पति उद्यानको पछाडि जङ्गलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला
काठमाडौमा एक व्यक्ति मृत फेला
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला
नवलपुरमा पोथी गैँडा मृत फेला