बनियानी (झापा) । यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जंगली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ भने डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताए। हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ पुस २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापामा गाउँ पस्यो जंगली हात्ती
जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु