कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान सामुदायिक वनमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपािलका–३, दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२, दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवले जानकारी दिए ।
बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको देखेर सहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी गराएका थिए ।
प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
काठमाडौमा एक व्यक्ति मृत फेला