वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०८२, ०६ : ५९
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान सामुदायिक वनमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।   

मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपािलका–३, दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२, दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवले जानकारी दिए ।

बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको देखेर सहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी गराएका थिए ।

प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस