पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
विश्वासको मत लिएरमात्रै मुख्यमन्त्री पाण्डेले मंगलबार नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने योजना बनाएका छन् । प्रदेश सभाको ठूलो दल कांग्रेसका २७ जना सांसद छन् । यसअघि खगराज अधिकारीले विश्वासको मत माग्दा तटस्थ बसेको राप्रपाले पनि समर्थन गर्ने पक्काजस्तै छ ।
बहुमत संख्या ३१ पुर्याउन पाण्डेले मनाङबाट स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने विश्वासका साथ पाण्डेले विश्वासको मत मागेका हुन् ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले असार १३ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती