काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ ।
कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने सत्ता पक्ष त्यसमा तयार भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपाली मृत्यु प्रकरणमा एमालेले खोज्यो सरकारको जबाफदेहिता
सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?
एमाले कार्यदलको बैठक बस्दै
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले