काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ ।
कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने सत्ता पक्ष त्यसमा तयार भइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको कान्छो केन्द्रीय सदस्य बने रौनित साह
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र
एमाले महाधिवेशन : प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं
एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना