काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए ।
२८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए । ‘सदन र बजेट अधिवेशनको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो,’ झाले भने ।
२ वैशाखमा सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ । सत्ता पक्ष अघिल्लो संसद् बैठकमा संसदीय छानबिन समिति बनाउन तयार भएको थिएन ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् । सहकारीमा देखिएको समग्र संकटमा छानबिन गर्ने गरी समिति बनाउने पक्षमा प्रधानमन्त्री छन् ।
व्यक्ति केन्द्रीत नभई समग्रतामा हुने छानबिनका लागि रास्वपा पनि संसदीय छानबिन समिति बनाउन तयार रहेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण