कैलाली । कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बिहीबार बेलुका जंगलमा मृत भेटिएका हुन।
धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा लुहारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए।
लुहार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। केहीदिन अघि उनी घर बिदामा आएको खुलेको छ। मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)