काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताएका छन् । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु हुँदै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
‘‘मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’’, कार्यक्रम उद्घाटन समारोहमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति यादवले भने ।
उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिएका हुन् । उनले बैंक तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनु पर्नेमा समेत जोड दिए । उपराष्ट्रपति यादवले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेका छन् ।
उनले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
‘नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ’: उपराष्ट्रपति यादव
‘नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक’: उपराष्ट्रपति यादव
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ’: उपराष्ट्रपति यादव