एमालेमा जिम्मेवारी बाँडफाँट, तोकियो प्रदेश संयोजक

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०८२, १३ : २९
एमालेमा जिम्मेवारी बाँडफाँट, तोकियो प्रदेश संयोजक

काठमाडौँ । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्ने गरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिप लेखराज भट्टले बताए ।

कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस