काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख तीन राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र/नेकपा) बीच आज निर्णायक छलफल हुँदैछ।
नयाँ राजनीतिक शक्तिहरूको बढ्दो प्रभाव र 'जेनजी विद्रोह'को मनोवैज्ञानिक दबाबका बीच अस्तित्व रक्षाका लागि यी परम्परागत शक्तिहरू एक ठाउँमा उभिने अन्तिम तयारीमा लागेका हुन्।
नयाँ शक्तिहरूले पुराना दललाई विस्थापित गर्ने त्रासका कारण देउवा, ओली र प्रचण्डले 'अस्तित्व रक्षा'का लागि चुनावी मोर्चाबन्दी गर्न लागेका हुन्।
माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता गर्ने समय तोकिएकाले दलहरूले आजै भागबन्डा टुङ्ग्याउने प्रयास गर्नेछन्। अहिले मिलनको सुरुवातमात्रै भएको र आगामी प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धन लैजनेगरी दलहरु मिल्न लागेका हुन् ।
तालमेलको खाका र उम्मेदवार छनोटका लागि आज दुई ठुला दलका महत्त्वपूर्ण बैठकहरू बस्दैछन् । एमालेको केन्द्रीय सचिवालय बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बैठकमा राष्ट्रियसभा निर्वाचनको रणनीति र उम्मेदवारहरूको टुङ्गो लगाइने सचिव भानुभक्त ढकालले जानकारी दिए ।
नेपाली कांग्रेसको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे सानेपामा बस्दैछ। हिजोको बैठकमा सहमति जुट्न नसकेपछि आज उम्मेदवार र भागबन्डाबारे ठोस निर्णय लिइने प्रवक्ता डा. प्रकाशशरण महतले बताए । आजै देउवा, ओली र प्रचण्डबिच आजै संयुक्त छलफल गरी १८ सिटको बाँडफाँडलाई अन्तिम रूप दिने तयारी छ।
बालेन, रवि र कुलमानको 'फ्याक्टर'
पुराना दलहरू एक ठाउँमा आउनुको मुख्य कारण काठमाडौँका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङ जस्ता पात्रहरूको बढ्दो लोकप्रियतालाई मानिएको छ। नयाँ शक्तिहरूले पुराना दललाई विस्थापित गर्ने त्रासका कारण देउवा, ओली र प्रचण्डले 'अस्तित्व रक्षा'का लागि चुनावी मोर्चाबन्दी गर्न लागेका हुन्।
स्रोतका अनुसार कांग्रेसलाई ७, एमालेलाई ७ र नेकपालाई ४ सिट दिने गरी प्रारम्भिक सहमति भएको छ। यद्यपि, कांग्रेसले ८ सिट र नेकपाले ५ सिटमा आफ्नो दाबी कायम राखेका छन्।
यो तालमेललाई लिएर दलहरूभित्रै असन्तुष्टि पनि देखिएको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन प्रणालीका कारण तालमेल 'बाध्यता' भएको बताए पनि नेकपाका नेता हरिबोल गजुरेलले एमालेसँगको सहकार्य 'आत्मघाती' हुन सक्ने भन्दै नेतृत्वलाई सचेत गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
काँग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको तयारी तिव्र : १८ वटा उपसमिति गठन, विशेष महाधिवेशन महामन्त्रीद्दयले आजै आह्रवान गर्ने
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय सभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने काँग्रेसको निर्णय
विशेष महाधिवेशन पक्षधरले गरे काँग्रेस केन्द्रीय कार्यालय घेराउ