बुद्ध एयरको विमान दुर्घटना : बरिष्ठ क्याप्टेन बिनोद पुरी अनुसन्धानकर्ता ताेकिए

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०८२, १९ : ५६
बुद्ध एयरको विमान दुर्घटना : बरिष्ठ क्याप्टेन बिनोद पुरी अनुसन्धानकर्ता ताेकिए

काठमाडौँ । नेपाल सरकार (मन्त्रिपरिषद्) ले झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको विमान दुर्घटनाको छानबिनका लागि अनुसन्धानकर्ता तोकेको छ।

मन्त्रिपरिषद्को पुस २१ को निर्णयअनुसार, पुस १८ गते चन्द्रगढी विमानस्थलमा दुर्घटना भएको बुद्ध एयरको 9N-AMF वायुयान दुर्घटनाको जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको हो।

 

गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ९ को उपनियम (२) बमोजिम बरिष्ठ क्याप्टेन बिनोद पुरीलाई उक्त दुर्घटनाको अनुसन्धानकर्ता ताेकिएकाे छ।

प्रतिक्रिया दिनुहोस