चितवन। जिल्ला चितवनको खैरहनी नगरपालिका–०६ मा अवस्थित इलाका प्रहरी कार्यालय खैरहनी, चितवनको नव–निर्मित भवनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त भवनको समुद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शिवराज अधिकारीज्यू, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यू, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्री कृष्ण बहादुर शाहीज्यू सहभागी हुनु भएको थियो।
त्यसैगरी कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलज्यू, नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, खैरहनी नगरपालिकाका नगर प्रमुख श्री शशी कुमार खानियाज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरीज्यू लगायत जिल्ला अन्तर्गतका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समुद्घाटन समारोहका क्रममा भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र वितरणसमेत गरिएको थियो।
नव–निर्मित भवन सञ्चालनमा आएपछि प्रहरी सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो