काठमाडौ । सरकारले कर्मचारीको सरुवाको बेथिति सधैँका लागि अन्त्य गर्न सफ्टवेयरको माध्यमबाट सरुवाको व्यवस्थापन गर्ने तयारी गरेको छ ।
कर्मचारी सरुवामा सधैँ भनसुुन गर्नुुपर्ने, पहुँच हुने कर्मचारी सुगम कार्यालयमै र पहुुँचविहीन दुुर्गम क्षेत्रका कार्यालयमा नै बस्नुुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले कर्मचारी सरुवा सफ्टवयेरलाई कार्यान्वयनमा ल्याई सरुवा प्रणालीको व्यवस्थापन गर्न लागेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सरुवा सफ्टवेयर निर्माण गरे पनि कार्यान्वयनमा भने आउन सकेको थिएन । अहिले मन्त्रालयले पहिला बनेकै सफ्टवेयरलाई कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गरी सफ्टवेयरको माध्यमबाट कर्मचारी सरुवा गर्न लागेको हो ।
निश्चित अवधि पुगेपछि प्रणालीले नै कर्मचारीको सरुवा गर्ने, कर्मचारी र रिक्त कार्यालयबारे अवगत गराउने, जसले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै सरुवा गर्ने अभ्यास निरुत्साहित हुने मन्त्रालयले जनाएको छ ।
लोक सेवा आयोगको परीक्षा पास गरी उत्साहका साथ निजामती सेवामा प्रवेश गरेका कर्मचारीको एकाध वर्षमै सरुवा झन्झटिलो बन्दा कर्मचारीको जोस, जाँगर र उत्साह मरेर निराशा बढ्न सक्ने सम्भावना भएकाले मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थापन सफ्टवेयरद्वारा कर्मचारी सरुवा गरी निष्पक्षता र तटस्थता कायम गर्न लागेको हो ।
यसअघि कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुन दुुर्गम जिल्लाका कार्यालयबाट काठमाडौँ आई महिनौँसम्म होटलमा बसेर सरुवा हुुन शक्ति केन्द्र धाउनुुपर्ने बाध्यता थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ