काठमाडौ । सरकारले कर्मचारीको सरुवाको बेथिति सधैँका लागि अन्त्य गर्न सफ्टवेयरको माध्यमबाट सरुवाको व्यवस्थापन गर्ने तयारी गरेको छ ।
कर्मचारी सरुवामा सधैँ भनसुुन गर्नुुपर्ने, पहुँच हुने कर्मचारी सुगम कार्यालयमै र पहुुँचविहीन दुुर्गम क्षेत्रका कार्यालयमा नै बस्नुुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले कर्मचारी सरुवा सफ्टवयेरलाई कार्यान्वयनमा ल्याई सरुवा प्रणालीको व्यवस्थापन गर्न लागेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सरुवा सफ्टवेयर निर्माण गरे पनि कार्यान्वयनमा भने आउन सकेको थिएन । अहिले मन्त्रालयले पहिला बनेकै सफ्टवेयरलाई कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गरी सफ्टवेयरको माध्यमबाट कर्मचारी सरुवा गर्न लागेको हो ।
निश्चित अवधि पुगेपछि प्रणालीले नै कर्मचारीको सरुवा गर्ने, कर्मचारी र रिक्त कार्यालयबारे अवगत गराउने, जसले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै सरुवा गर्ने अभ्यास निरुत्साहित हुने मन्त्रालयले जनाएको छ ।
लोक सेवा आयोगको परीक्षा पास गरी उत्साहका साथ निजामती सेवामा प्रवेश गरेका कर्मचारीको एकाध वर्षमै सरुवा झन्झटिलो बन्दा कर्मचारीको जोस, जाँगर र उत्साह मरेर निराशा बढ्न सक्ने सम्भावना भएकाले मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थापन सफ्टवेयरद्वारा कर्मचारी सरुवा गरी निष्पक्षता र तटस्थता कायम गर्न लागेको हो ।
यसअघि कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुन दुुर्गम जिल्लाका कार्यालयबाट काठमाडौँ आई महिनौँसम्म होटलमा बसेर सरुवा हुुन शक्ति केन्द्र धाउनुुपर्ने बाध्यता थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित
कर्मचारीको दरबन्दी मिलाउन सरकारले थाल्यो गृहकार्य
कर्मचारीका अधिकांश गुनासा सरुवामा विभेद