काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तीन ठुला पार्टीबीच तालमेल हुने भएको छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच तालमेलको सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए ।
उनका अनुसार कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिनेगरी सहमति भएको उनले बताए ।
उनले भने, ‘७/७ सीटमा कांग्रेस र एमालेले चित्त बुझाइसकेको छ, नेकपाले हामीलाई चार सीट चाहिन्छ भनिरहेको छ, तर उहाँहरू पनि बेलुकासम्ममा सहमतिमा आउनुहुन्छ ।’
आज बेलुकासम्ममा सबै विषय टुंग्याउनेगरी छलफल भइरहेको बताए । राष्ट्रिय सभाको रिक्त १८ सीटका लागि माघ ११ गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची