काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २० जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून शाखाले प्रकाशित गरेको सूचनामा ती कर्मचारीहरू आफूखुसी कार्यालयमा गैरहाजिर रहेको उल्लेख छ। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा समेत उनीहरू सम्पर्कमा नआएको जनाइएको छ।
सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।
तोकेको समयभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गत कसुर कायम गरी ऐ. नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)