काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २० जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून शाखाले प्रकाशित गरेको सूचनामा ती कर्मचारीहरू आफूखुसी कार्यालयमा गैरहाजिर रहेको उल्लेख छ। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा समेत उनीहरू सम्पर्कमा नआएको जनाइएको छ।
सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।
तोकेको समयभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गत कसुर कायम गरी ऐ. नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग