एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले आफ्नो देशलाई ५ करोड ब्यारेलसम्म तेल उपलब्ध गराउने बताएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउन अचानक चालिएको सैन्य अभियान सफल भएपछि ट्रम्पको यो भनाइ आएको हो।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रूथ सोसल'मा पोस्ट गर्दै ट्रम्पले भेनेजुएलाको अन्तरिम प्रशासनले ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरको तेल अमेरिकालाई दिन लागेको बताएका हुन्।
ट्रम्पका अनुसार यो तेल बजार मूल्यमा बेचिनेछ भने त्यसबाट प्राप्त हुने रकम अमेरिकी राष्ट्रपतिको हैसियतमा उनकै नियन्त्रणमा रहनेछ। उनले उक्त रकम भेनेजुएला र अमेरिकाका जनताको हितमा प्रयोग गरिने दाबी गरेका छन्।
सोमबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, 'भेनेजुएला तेल उत्पादक राष्ट्र हुनु अमेरिकाका लागि राम्रो पक्ष हो, किनकि यसले तेलको मूल्य कम राख्न मद्दत पुर्याउँछ।' उनले भेनेजुएलाको अमेरिकी तेल उद्योग १८ महिनाभित्र पूर्ण रूपमा सक्रिय हुने र त्यहाँ ठूलो लगानी भित्रिने विश्वास समेत व्यक्त गरेका छन्।
ट्रम्पले १८ महिनामा तेल उद्योग सुधार्ने दाबी गरे पनि विश्लेषकहरूले भने यसमा आशंका व्यक्त गरेका छन्। विज्ञहरूका अनुसार भेनेजुएलाको जर्जर बनेको तेल उत्पादन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन दशौँ अर्ब डलर खर्च हुने र यस प्रक्रिया पूरा हुन कम्तीमा एक दशक लाग्न सक्छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ पुस २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
अमेरिकी आक्रमणबाट भेनेजुएलामा १०० जनाको मृत्यु
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्यायो
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत