चितवन। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई मासिक सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुर अपराध नियन्त्रण तथा अनुसन्धान शाखा दबन्दी भई जिल्ला प्रहरी कार्यालय, चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक हरि प्रसाद भट्टराईले मिति २०८१।०६।१२ गते चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ५ स्थित कल्याणपुरमा पैदलयात्रीलाई ठक्कर दिई गम्भीर घाइते बनाइ फरार रहेको गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १३ बस्ने वर्ष २७ का सुमित गुरुङलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौंस्थित बौद्धबाट मोटरसाइकलसहित नियन्त्रणमा लिन सफल हुनु भएको थियो।
त्यसैगरी, २०८२ साल मंसिर महिनामा चितवन जिल्लाका विभिन्न स्थानबाट लागू औषध ट्रामाडोल २७०७ क्याप्सुल, गाँजा ९ किलो ९६९ ग्राम, खैरो हेरोइन २५३।५४५ ग्रामसहित ४५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको, साथै लेनदेन मुद्दामा १ करोड ६४ लाख बिगो रकम कायम भई फरार रहेका प्रतिवादी तथा चेक अनादर मुद्दामा १५ लाख बिगो रकम कायम भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निजबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै निरन्तरताको साथ अन्य प्रहरी कर्मचारीहरू समेतलाई प्रोत्साहित गर्न जिल्लालाई “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी छनोट कार्यविधि, २०७९” अनुसार २०८२ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
प्रहरीका ११ जना एसएसपीको सरुवा
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन