काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम-२ मा उपचुनाव जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् । पूर्वसभामुख सुवास नेम्बाङको निधनपछि रिक्त इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेले नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उठाएको छ ।
कांग्रेसले भने उम्मेदवार छानेको छैन । उम्मेदवार टुङ्गो लगाउन संसदीय बोर्डको बैठक भोलि मंगलबार दिउँसो २ बजे बोलाइएको छ । त्यसको अघिल्लो दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बसेको थियो ।
सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बसेको बैठकमा हालै इलाम गएर फर्किएका महामन्त्री शर्माले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए । २०७९ मंसिरको चुनावमा नेम्बाङ ३० हजार २० मतका साथ निर्वाचित हुँदा काँग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।
दुई उम्मेदवारको मतान्तर ११४ मात्र भए पनि कांग्रेसले पाएको मतमा माओवादी र एकीकृत समाजवादीको पनि मत छ । अहिले माओवादी र एकीकृत समाजवादी काँग्रेससँग छैन । त्यसैले एमालेभन्दा ४ हजार मत कम छ भन्ने मानेर चुनावको तयारी गर्नुपर्ने काँग्रेस महामन्त्री शर्माले बताएका छन् ।
समानुपातिक पद्धतितर्फ दुई दलको मतान्तर ४ हजार छ । इलाम-२ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५६३ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो ।
तर त्यो चुनाव र यो चुनावमा केही फरक रहेको महामन्त्री शर्माको विश्लेषण छ । नेम्बाङको राष्ट्रिय छविका कारण इलामको राजनीतिमा अरु दल दबाबमा हुन्थे । सुवास नेम्बाङ कहिलेसम्म भन्ने प्रश्नका कारण जति मत घट्थ्यो, उनको पर्सनालिटीका कारण आउने मतले त्यसलाई पूर्ति गर्थ्यो । यो पटक काँग्रेसको सिङ्गो पङ्क्ति त्यसबाट मुक्त भएको शर्माको विश्लेषण छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ चैत्र २०८०, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति