काठमाडौं। भारत र चीनबीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कुटनीतिक अधिकारीहरूबीच बेइजिङमा वार्ता भएको छ ।
भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरूबीच बुधबार बेइजिङमा २९औं बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाब मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ ।वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गरेका थिए भने चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनाबलाई पूर्ण रूपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा 'लाइन—अफ—एक्चुअल कन्ट्रोल' (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरू सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ ।
बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कूटनीतिक र सैनिक सम्वाद सुरु गर्न दुवै पक्ष सहमत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।'तत्कालका निम्ति, दुवै पक्षले कूटनीतिक र सैनिक तहबाट निरन्तर सम्पर्क र संवाद गर्न सहमति जनाएका छन् । विद्यमान व्दिपक्षीय सम्झौता बमोजिम सीमाक्षेत्रमा शान्ति कायम गर्न सहमति भएको छ,' मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
दुवै देशबीचको २८औं वार्ता यसअघि गत नोभेम्बरमा सम्पन्न भएको थियो । उक्त वार्तामा दुवै पक्षले एलएसीको परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै एलएसी समेत पूर्वी लद्दाखको सीमाक्षेत्रमा शान्तिपूर्ण अवस्था बहाल गर्नेबारेमा खुला, रचनात्मक र गम्भीर विचारविमर्श भएको छ ।
यसैबीच, भारतले अरुणाचल प्रदेशका सम्बन्धमा चीनले गरेको दाबीलाई आधारहीन तर्क भन्दै अस्वीकार गरेको छ । मार्च १९ मा सार्वजनिक भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा अरुणाचल प्रदेशका जनताले भारतीय विकास कार्यक्रम तथा पूर्वाधार परियोजनाबाट अत्यधिक लाभ लिइरहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’