एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी हमला भएको छ। यो क्षेत्र इरानसँग सीमा जोडिएको छ।
मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै हमला भएको बताए।
उनले ४ देखि ६ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको तर नौसेनाको एयरबेससम्म पुग्न नसकेको बीबीसीले जनाएको छ।
क्वेटाका एक वरिष्ठ अधिकारीका अनुसार आक्रमणकारीहरू आम जनताको बाटो हुँदै तुर्बत एयरपोर्टमा प्रवेश गरेका थिए तर सुरक्षा बलहरूले उनीहरूको षड्यन्त्र विफल पारे र उनीहरूलाई अगाडि बढ्नबाट रोके।
प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले यस हमलाको जिम्मेवारी लिएको छ।
एक साताभित्र बलुचिस्तानमा यस चरमपन्थी संगठनले गरेको यो दोस्रो आक्रमण हो। यसअघि ग्वादर जिल्लामा बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आक्रमण भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’