एजेन्सी । अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरिएको बताएको छ।
सेन्टकमले एक्समार्फत अमेरिकी र सहयोगी सेनाहरूले आईएसलाई लक्ष्य गरी सिरियामा हमला थालिएको जानकारी दिएको हो।
सेन्टकमले एक्समा भनेको छ, ‘यो आक्रमण २०२५ डिसेम्बर १९ मा घोषणा गरिएको अपरेसन होकआई स्ट्राइकको अंश हो।’
सेन्टकमका अनुसार २०२५ डिसेम्बर १३ मा सिरियामा अमेरिकी सेनामाथि भएको घातक आईएस आक्रमणको जवाफमा अपरेसन होकआई स्ट्राइक सुरु गरिएको थियो।
सेन्टकमले भनेको छ, ‘हाम्रो सन्देश स्पष्ट छ : यदि हाम्रा सेनालाई हानि पुर्यायौ भने संसारका जुनसुकै ठाउँमा भए पनि हामी तिमीहरूलाई खोजीखोजी मार्नेछौँ, बच्न जतिसुकै प्रयास गरे पनि।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ पुस २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप