काठमाडौँ । वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका छन् ।
घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सवारीसाधन तोडफोड भएको छ ।
केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार आज विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाई-छिपाई राखिएको सामान छापामारी गर्न संयुक्त टोली परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०८२, १५ : ०९
लेखकबाट थप