एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः दाबी गरेका छन् । यसअघि तेहरानले वार्ताको दाबीलाई ‘भ्रामक समाचार’भन्दै खण्डन गरेको थियो ।
इरानमाथि अमेरिका र इजरायलका तर्फबाट आक्रमण जारी छ । दक्षिण तेहरानमा भएको पछिल्लो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
लेबनानबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण इजरायलमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको इजरायली सञ्चारमाध्यम च्यानल १२ ले जनाएको छ ।
वाइनेट न्यूजका अनुसार, उक्त प्रहारबाट निर्माणाधीन एक घरमा क्षति पुगेको छ । यद्यपि, सो घटनामा कोही पनि हताहत नभएको समाचारमा उल्लेख छ ।
यसअघि इरान र हिजबुल्लाहले गरेको मिसाइल आक्रमणमा उत्तरी इजरायलमा एक जनाको मृत्यु भएको थियो । उक्त आक्रमणमा तेल अभिभ नजिकैका शहरहरू बनी ब्राक र गिभात श्मुएलमा कम्तीमा १२ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ चैत्र २०८२, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु