काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस भनेर शुभकामना दिएका छन् । शनिबार मधेश प्रदेश सम्पर्क कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले जहाँ भएपनि, जुन भूगोलमा बसेपनि सबैको उद्देश्य नेपाल समृद्ध बनाउनु भएको भन्दै होलीको सन्देशले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग पुग्ने बताए ।
उनले भने, ‘होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न सहयोग पुर्याउँछ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस भन्ने शुभकामना दिन चाहन्छु । हामी जहाँ भएपनि जुन भूगोलमा बसेपनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ, हामी नेपाली समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल पुराओस, त्यसका लागि राष्ट्रिय एकता मजबुद बनाओस् ।’
यस्तै, उनले पर्व मनाउनको लागि अरुको स्वतन्त्रतालाई प्रभाव पार्न नहुने भन्दै इच्छा विपरीत रमाइलो नगर्न आग्रह गरे । उनले भने, ‘यस पर्वका अवसरमा अरुको स्वतन्त्रतामाथि प्रभाव नपर्नेगरि आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्छ । इच्छा विपरीत रमाइलो हुदैँन् यो कुरामा ध्यान दिनुपर्छ । कसैलाई स्वास्थ्यमा समस्या आउनसक्छ । त्यो विषयमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यको साथै आर्थिक पक्षमा पनि ध्यान दिनुपर्छ । अनावश्यक भार पर्नेगरि खर्च नहोस, कम खर्चमा पर्व मनाउनुपर्छ ।’
होली पर्व सबै पर्व मध्ये पुरानो भएको भन्दै यो समाज विकास र मित्रतासँग जोडिएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली