एजेन्सी । दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ।
दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्य भारतीय टोलीले आठ विकेट गुमाएर पूरा गरेको हो। भारतका लागि सचिन धसाले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए। दुवैले पाँचौँ विकेटका लागि कीर्तिमान १७१ रनको साझेदारी गरे।
यो साझेदारी यस्तो समयमा भएको हो, जब भारतले ३२ रनमा चार विकेट गुमाएको थियो।
यसअघि दक्षिण अफ्रिकाले जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रनको सहयोगमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४४ रन बनाएको थियो।
भारतका लागि राज लिम्बानीले ३ तथा मुशीर खानले २ विकेट लिए।
२४५ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो। रन पछ्याउने क्रममा पहिलो बलमा भारतका स्टार ओपनर आदर्श सिंह माफाकालाई विकेटकिपर प्रिटोरियसले क्याच दिए।
तर कप्तान उदय सहारन र सचिन धसको ब्याटिङका कारण भारत विजयी भयो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ माघ २०८०, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा