एजेन्सी । दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ।
दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्य भारतीय टोलीले आठ विकेट गुमाएर पूरा गरेको हो। भारतका लागि सचिन धसाले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए। दुवैले पाँचौँ विकेटका लागि कीर्तिमान १७१ रनको साझेदारी गरे।
यो साझेदारी यस्तो समयमा भएको हो, जब भारतले ३२ रनमा चार विकेट गुमाएको थियो।
यसअघि दक्षिण अफ्रिकाले जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रनको सहयोगमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४४ रन बनाएको थियो।
भारतका लागि राज लिम्बानीले ३ तथा मुशीर खानले २ विकेट लिए।
२४५ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो। रन पछ्याउने क्रममा पहिलो बलमा भारतका स्टार ओपनर आदर्श सिंह माफाकालाई विकेटकिपर प्रिटोरियसले क्याच दिए।
तर कप्तान उदय सहारन र सचिन धसको ब्याटिङका कारण भारत विजयी भयो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ माघ २०८०, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना