काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को अगाडिको सिटमा बस्ने पार्टीका सांसदहरूलाई आफ्नो दायित्व पूरा गर्न निर्देशन दिएका छन् । शनिवार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अगाडिको लहरमा बस्ने सांसदहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले भने–‘अगाडिको सिटमा बस्ने सांसदहरूले लिड गर्नुपर्छ । समसामयीक राजनीतिक विषयमा हात उठाउनुपर्छ र बोल्नुपर्छ । अरू साथीहरूलाई यस विषयमा बोल्नुस् भन्नुपर्छ । अगाडिको सिटमा हुने साथीहरूले प्रमुख सचेतक, सचेतकहरूलाई पनि गाइड गर्नुपर्छ । प्रमुख सचेतक र सचेतकले विभिन्न विषयमा साथीहरूलाई विषय बाँडी बाँडी बोल्न दिनुपर्छ । तपाईंहरू आफ्नो समितिगत विषयका आधारमा बोल्नुस् । तपाई कुन समितिमा हुनुहुन्छ, त्यो समितिको विषयबस्तु बुझ्नुभएको छैन भने बुझेको समितिमा सर्नुस् । परराष्ट्र समितिमा यस्तो साथीहरू बस्नुस् जो अङ्ग्रेजी राम्रोसँग जान्नुहुन्छ ।’
उनले आफूले बुझेको विषय अनुसार संसदीय समितिमा बस्न आग्रह गर्दै भूमिका निभाउन आग्रह गरे । माघ २२ गते संसद्को हिउँदे अधिवेशन सुरु हुनु पूर्व प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक राखेर संसद्मा खेल्ने भूमिकाबारे तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली